लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ । आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए ।
विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उनको भनाइ छ । बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनी जाऊँ’ टिकटक प्रतियोगिता पनि आयोजना गरिने भएको छ । लुम्बिनीको थप प्रचारप्रसार र पर्यटकीय प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए ।
प्रतियोगितामा विजयीलाई पुरस्कारको निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने सबैलाई निःशुल्क भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय गरेको छ ।
बुद्ध जयन्ती मनाउन आउनका लागि बुद्ध संस्कृति भएका राष्ट्रलाई निःशुल्क भिसाका लागि पहलका लागि निर्णय गरिएको तर कुन–कुन मुलुक भनेर किटान नगरिएको उनको भनाइ छ । लुम्बिनीमा हालै निर्मित अन्तर्राष्ट्रिय सभाहलमा केही दिन अघि परेको वर्षापछि पानी चुहिएकाले सम्बन्धित निर्माण कम्पनीलाई मर्मत गराउने निर्णय पनि भएको छ । अन्तर्राष्ट्रिय सभाहल गत वर्ष बुद्ध पूर्णिमाका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
निर्माण कम्पनीले मर्मत गरेर समस्या समाधान नगर्दासम्म भुक्तानी प्रक्रिया रोक्का राख्ने निर्णय भएको कोषाध्यक्ष भट्टराइले जानकारी दिए । यस्तै कोषको बैठकले उपाध्यक्ष् भिक्षु मैत्तेयको नेतृत्वमा लुम्बिनी सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण