नक्कली परीक्षार्थी पक्राउ प्रकरणमा मेयर कानुको प्रस्टोक्ति– म परीक्षार्थी नै होइन
सोमबार, २० चैत २०७९, २१ : १८
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले आफू एसईई परीक्षाको परीक्षार्थी नै नरहेको प्रस्ट पारेका छन् । उनको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको समाचार प्रकाशमा आएपछि उनले विज्ञप्ति जारी गर्दै आफूविरुद्ध कसैले षडयन्त्र गरेको आरोप लगाएका हुन् ।
जननिर्वाचित पदाधिकारीलाई शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक नपर्ने भन्दै उनले आफूले एसईई परीक्षाको फारमसमेत नभरेको दाबी गरेका छन् ।
आफ्नो चरित्र हत्या गर्ने तथा झुटा मुद्दामा फसाउने उद्देश्यले कसैले अवाञ्छित क्रियाकलाप गरेको हुन सक्ने भन्दै उनले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन् ।
उल्लेखनीय छ, आइतबार प्रेमलाल साह कानुको नाममा परीक्षा दिइरहेको अवस्थामा एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरीले जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण