बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

खजुर : खाली पेटमा खाने वा खाना खाइसकेपछि ? दिनमा कति खाने ? बच्चालाई धेरै नदिनुहोस्

मङ्गलबार, २१ चैत २०७९, १० : ०१
मङ्गलबार, २१ चैत २०७९

खजुरलाई पोषक तत्त्वको शक्ति गृह भनिन्छ । यसमा प्राकृतिक चिनी मात्रै होइन, यसमा भिटामिन, आइरन, पोटासियम, क्याल्सियम, फस्फोरस पनि प्रशस्त मात्रामा पाइन्छ । यसमा पाइने पोषक तत्त्वबाट शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ । जाडो, गर्मी वा वर्षा याम जुनसुकै मौसममा खजुर खान सकिन्छ ।

त्यसैले आज यस्तै सदाबहार खजुरको बारेमा कुरा गरौँ ।

खाली पेटमा खजुर खानु बढी फाइदाजनक 

भारतकी आयुर्वेद विशेषज्ञ डा. दीक्षा भावसारले सही समयमा खजुर खाँदा शरीरलाई बढी फाइदा हुने बताउँछिन् । आयुर्वेदका अनुसार बिहान खाली पेटमा खजुर खानुपर्छ । खजुरले शीतलता दिने भएकाले शरीरमा वात र पित्तको सन्तुलन कायम रहन्छ ।

हुन त एक वा दुई वटा खजुर दिउँसो खाजाको रूपमा लिन सकिन्छ वा मिठाई खान मन लागेमा खान सकिन्छ । खाना खाए लगत्तै खजुर नखानुहोस् । तौल बढाउन चाहनुहुन्छ भने राति सुत्नुअघि घिउसँग खजुर खान सक्नुहुन्छ ।

किन सुपरफुड हो खजुर ?

– प्राकृतिक चिनीको भरपुर मात्रा

– १५ प्रकारका मिनरल्स

– ६ प्रकारका भिटामिन

– १४ प्रकारका फ्याटी एसिड्स

– २३ प्रकारका एमिनो एसिड्स

हरेक दिन दुई खजुर खाए पुग्छ

शरीरलाई आवश्यक पोषक तत्त्व उपलब्ध गराउन दिनहुँ दुई वटा खजुर खानु पर्याप्त हुन्छ । पाचन प्रक्रिया ठिक छ भने चार वटा खजुर पनि खान सकिन्छ । जबकि बच्चाहरूलाई एक दिनमा एक भन्दा बढी खजुर दिनु हुँदैन । खजुरले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । बढी मात्रामा खजुरको सेवनले रगतमा चिनीको मात्रा बढ्ने, छालामा बिमिरा आउने, तौल बढ्ने, हाइपरकेलेमिया, दम जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । पेट दुख्ने र पखाला लाग्ने पनि हुन्छन् ।

खजुरलाई ८–१० घण्टा पानीमा भिजाउनुहोस्

खजुर खानुअघि ८–१० घण्टा पानीमा भिजाउनुहोस् । पानीमा राख्दा खजुरमा पाइने ट्यानिन्स वा फाइटिक एसिड हट्छ । यसले पोषक तत्त्वहरूलाई राम्ररी अव शोषित गर्न अनुमति दिन्छ । पानीमा भिजाएर राख्दा पचाउन पनि सजिलो हुन्छ ।

रक्त अल्पता भएकाहरूले ३ महिनासम्म खजुर खानुपर्छ 

खजुरमा फलामको मात्रा धेरै हुन्छ । भारतकी डायटिशियन डा. विजयश्री प्रसादले हेमोग्लोबिनको कमी भएका वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले दैनिक एक खजुर खानुपर्ने बताउँछिन् । २ देखि ३ महिनासम्म खजुर खाएमा तौल मात्र बढ्दैन, शरीरमा रगत पनि बन्छ ।

डा. विजयश्रीले भनिन्, ‘भिटामिन ए, बी र डी हुनुका साथै खजुर ऊर्जाको पनि राम्रो स्रोत मानिन्छ । फाइबर भएका कारण खजुरले पाचन तन्त्रलाई पनि उत्कृष्ट बनाउन मद्दत गर्छ ।’

नियमित रूपमा खजुर खाँदा कोलेस्ट्रोल कम हुन्छ । उच्च रक्तचाप पनि नियन्त्रण हुन्छ ।

बाथ रोगीले खानुपर्छ

खजुरमा म्याग्नेसियमको मात्रा बढी हुन्छ । त्यसैले बाथका रोगीहरूलाई धेरै फाइदा पुर्‍याउँछ । खजुरमा पोटासियम, बोरोन, क्याल्सियम, कोबाल्ट, कपर, फ्लोरिन, म्यागनिज, फस्फोरस, सोडियम र जिङ्क जस्ता १५ वटा खनिजहरू पाइन्छन् ।

जुन स्याउ, केरा वा सुन्तलामा पाइँदैन, त्यो खजुरमा मात्र पाइन्छ 

खजुरमा पाइने प्रोटिनमा २३ प्रकारका एमिनो एसिड पाइन्छन् । यीमध्ये केही एमिनो एसिड सुन्तला, स्याउ र केरामा पनि पाइँदैन । खजुरमा भिटामिन सी, बीवान थाइमिन, बीटु, राइबोफ्लेविन, नायसिन र भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । 

खजुरका यस्ता ९ गुण जसले यसलाई खास बनाउँछ

दाँतलाई बलियो बनाउँछ : खजुरमा फ्लोरिन पाइन्छ जसले दाँतलाई कमजोर हुनबाट रोक्छ ।

कब्जियत हटाउँछ : खजुरमा फाइबरको मात्रा बढी हुने भएकाले कब्जियत हटाउँछ ।

मुटुलाई स्वस्थ राख्छ : खजुरमा पाइने पोषक तत्त्वले हाम्रो मुटुलाई स्वस्थ राख्छ ।

कोलेस्ट्रोल घटाउनुहोस् : हरेक दिन एक खजुर खाँदा खराब कोलेस्ट्रोल पनि कम हुन्छ ।

हड्डीलाई मजबुत बनाउँछ : खजुरलाई क्याल्सियम, पोटासियम, फस्फोरस, तामा र म्याग्नेसियमको पावर हाउस मानिन्छ । यसले हड्डीलाई बल दिन्छ ।

मस्तिष्कलाई पोषण दिन्छ : मानसिक स्वास्थ्य सुधार गर्दछ, अल्जाइमर जस्ता रोगहरू नियन्त्रण गर्न मद्दत गर्दछ

स्ट्यामिना : शरीरको कमजोरी हट्छ, स्ट्यामिना बढ्छ ।

पायल्समा राहत : फाइबर प्रशस्त हुने भएकाले पायल्स भएकाहरूले पनि खजुर खानुपर्छ ।

स्वस्थ गर्भावस्था : फलामको मात्रा बढी हुने भएकाले गर्भवती महिलाको आहारमा खजुर समावेश गर्नुपर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप