सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

संघीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीच राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ : सांसद दाहाल

मङ्गलबार, २१ चैत २०७९, १५ : ०८
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीचमा राष्ट्रिय सहमति कायमै गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढ्नुपर्ने उनको भनाई थियो । 

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासाथ गरेर अघि बढिरहेको दाबी समेत गरे ।  

सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पु¥याउन ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप