शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

कार्यव्यवस्था परामर्श समितिमा २१ जनाको प्रतिनिधित्व हुने, कुन दलबाट कति ?

बुधबार, २२ चैत २०७९, १७ : १९
बुधबार, २२ चैत २०७९

काठमाडौँ । प्रतिनिधि सभा बैठक सञ्चालनको तयारीका लागि बस्ने कार्यव्यवस्था परामर्श समिति सदस्यको टुङ्गो लागेको छ । 

बुधबार सिंहदरबारमा बसेको सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने दल लगायतको बैठकले सदस्य संख्या निश्चित गरेको हो । 

जसअनुसार कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य सहभागी हुनेछन् । 

सभामुख, उपसभामुख, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनेछन् । 

यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई उनीहरुले पाएको सिट संख्याको आधारमा सदस्य संख्या निर्धारण गरिएको छ । नेपाली कांग्रेसबाट ६ सदस्य, एमालेबाट ५, माओवादी केन्द्रबाट २ सदस्य कार्यव्यवस्था परामर्श समितिमा जान पाउनेछन् । 

यस्तै रास्वपा, राप्रपा, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, १ सिट भएका पार्टीबाट र स्वतन्त्र समेतको १ सदस्य भाग लिन पाउनेछन् । 

प्रतिनिधि सभाको बैठक बस्नु पूर्व कार्यव्यवस्था समितिमा सभा सञ्चालनबारे छलफल गर्ने प्रचलन रहेको छ ।

pp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप