कार्यव्यवस्था परामर्श समितिमा २१ जनाको प्रतिनिधित्व हुने, कुन दलबाट कति ?
काठमाडौँ । प्रतिनिधि सभा बैठक सञ्चालनको तयारीका लागि बस्ने कार्यव्यवस्था परामर्श समिति सदस्यको टुङ्गो लागेको छ ।
बुधबार सिंहदरबारमा बसेको सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने दल लगायतको बैठकले सदस्य संख्या निश्चित गरेको हो ।
जसअनुसार कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य सहभागी हुनेछन् ।
सभामुख, उपसभामुख, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनेछन् ।
यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई उनीहरुले पाएको सिट संख्याको आधारमा सदस्य संख्या निर्धारण गरिएको छ । नेपाली कांग्रेसबाट ६ सदस्य, एमालेबाट ५, माओवादी केन्द्रबाट २ सदस्य कार्यव्यवस्था परामर्श समितिमा जान पाउनेछन् ।
यस्तै रास्वपा, राप्रपा, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, १ सिट भएका पार्टीबाट र स्वतन्त्र समेतको १ सदस्य भाग लिन पाउनेछन् ।
प्रतिनिधि सभाको बैठक बस्नु पूर्व कार्यव्यवस्था समितिमा सभा सञ्चालनबारे छलफल गर्ने प्रचलन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण