डोल्पा सदरमुकाम दुनै चार दिनदेखि बन्द
डोल्पा–डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैमा कायम गर्न माग राख्दै काठमान्डौ पनि संघर्ष समिति गठन गरिएको छ ।राजधानी काठमान्डौमा आईतबार धनराम बुढाथोकीको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।
पहिले देखि नै दुनै कायम गरिएको उक्त नगरपालिकाको केन्द्र किर्ते गरेर रातारात जुफाल सारिएकोमा पुनस् दुनैमा सार्न दबाब स्वरुप काठमान्डौमा पनि सम्पूर्ण डोल्पालीहरु एकजुट भएर संघर्ष समिति गठन गरिएको दुनैका स्थानीय बविकिशोर गुरुङले बताए ।
सदरमुकाम चार दिनदेखि बन्द
केन्द्र सारिएको बिरोधमा चार दिनदेखि सदरमुकाम दुनै बन्द गरिएको छ । सारिएको केन्द्र दुनैमा कायम गर्न माग राख्दै वडा नं १ देखि ४ वडाका सयौ सर्वसाधारण आन्दोलनमा उत्रेका छन्। आन्दोलनले सदरमुकाम आसपासका शैक्षिक संस्थाहरुमा समेत पठनपाठन प्रभावित भएको छ भने दुनै स्थित विभिन्न कार्यलयको कामकाज समेत प्रभावित भएको छ ।आन्दोलनकारिले आन्तरिका रुपमा चल्ने यातायात समेत ठप्प पारेका छन् ।केन्द्र दुनै फर्काउने माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने जिल्ला संघर्ष समितिका संयोजक हिक्मत शाहीले जानकारी दिए ।केन्द्र दुनै कायम गर्न माग राख्दै आन्दोलनकारीले जुलुस,राँके जुलुस लगाएतका कार्यक्रम गर्दै आएका छन् ।
पहिले दुनै कायम गरिएको उक्त नगरपालिकाको केन्द्र १६ फागुनमा स्थायी रुपमै जुफाल सारिएको सुचना राजपत्रमा प्रकाशित भएपछि त्यसको बिरोध गर्दै आन्दोलन सुरु भएको हो ।यता नगर प्रमुख गणे बहादुर शाहीले भने सम्पुर्ण जनप्रतिनिधिको लिखित सहमतिमै नगरको केन्द्र जुफालमा केन्द्र सारिएको बताए।
नगरको केन्द्र जुफाल सरेपछि माझफाल र जुफालका सर्वसाधारण भने खुशी भएका छन् ।नगरका सबै सर्वसाधारणहरुकोलागि पायक पर्ने स्थान जुफालनै भएकाले दुनैमा आन्दोलन गर्नुको औचित्य नरहेको ठुलीभेरी नगरपालिका अन्तरगत मोतिपुरका स्थानीय अमर कठायतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण