शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

श्वेतपत्र जारी गर्ने तयारीमा कर्णाली प्रदेश सरकार

आइतबार, २० फागुन २०७४, १७ : ५३
आइतबार, २० फागुन २०७४

सुर्खेत– कर्णाली प्रदेश सरकारले श्वेत पत्र जारी गर्ने तयारी गरेको छ । प्रदेशमा रहेका मन्त्रालयको समग्र आगामी नीति तथा कार्ययोजनासहित श्वेतपत्र जारी गर्ने तयारी भएको हो ।
कर्णाली प्रदेश सरकारले श्वेतपत्र तयार गर्न आवश्यक तथ्यांकहरु प्रदेश मन्त्रालयबाट आवश्यक पर्ने ढाँचामा उपलब्ध गराउन समेत आग्रह गरेकोे छ ।  कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकले प्रदेशको कार्य सञ्चालन नम्र्स र खर्च मितव्ययिता सम्बन्धी मापदण्ड तथा आचार संहिता निर्माण गर्नलाई कार्यदल गठन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको हो । 

उक्त कार्यदलको प्रतिवेदन अनुसार ऐन नियम वा कार्यविधि तथा मार्ग निर्देशिका नबन्ने बेला सम्म केन्द्र सरकारको मापदण्ड अनुसार कार्यान्वयन गर्ने भएको छ ।  त्यस्तै, प्रदेश कार्यालय व्यवस्थापनका लागि यस प्रदेश अन्तरगत प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय र सवै मन्त्रालयहरुले न्यूनतम आधारभूत आवश्यकताको विवरण तयार गरी २ दिन भित्र विवरण पठाउन समेत आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप