ए डिभिजन लिगमा आज तीन खेल हुँदै
आइतबार, २६ चैत २०७९, ०९ : १३
काठमाडाैँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथ रङ्गशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
रङ्गशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो यूथ क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे सुरु
हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्नेछन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण