ए डिभिजन लिगमा आज तीन खेल हुँदै
आइतबार, २६ चैत २०७९, ०९ : १३

काठमाडाैँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथ रङ्गशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
रङ्गशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो यूथ क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे सुरु
हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्नेछन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिवको धम्कीबाट नडराउन सरकारलाई पाण्डेको सुझाव
-
राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गर्यो
-
बाढीको जोखिम रहेको उपत्यकाका नदीको अनुगमनमा मन्त्री
-
माओवादीले संघीय निजामती विधेयकबारे संसद्मा कुरा उठायो
-
भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता
-
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध