माग्ने बुढाले लेख्छन्–यो दुनियाँ आखिर माग्ने नै रहेछ
आइतबार, २६ चैत २०७९, २० : ०१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको विषय अहिले सामाजिक सञ्जालमा भाइरल छ । यस विषयमा सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी गरिरहेका छन् ।
यस्तैमा कलाकार केदाप्रसाद घिमिरे ‘माग्नेबुढा’ ले अडियोलाई लिएर कडा कटाक्ष गरेका छन् । उनले एक तस्बिर सार्वजनिक गर्दै ‘यो दुनियाँ आखिर माग्ने नै रहेछ । सबैले केही न केही मागेर छाड्छन् ।’
घिमिरे अभिनीत फिल्म ‘छक्का पन्जा ४’ छैठो सातामा प्रदर्शनरत छ । घिमिरेले माग्ने बुढाको परिचय टेलिसिरियल ‘मेरी बास्सै’बाट पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण