शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का चयन

सोमबार, २७ चैत २०७९, ११ : ५५
सोमबार, २७ चैत २०७९

काठमाडौं । कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का चयन भएका छन्। आइतबार काठमाडौँमा भएको पाँचौं अधिवेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो। वरिष्ठ उपाध्यक्ष रुक्मिणी गिरी, सन्तोष गुरूङ, महिला उपाध्यक्ष सन्ध्या सानु घताने चयन भएका छन्। कोशी प्रदेश अध्यक्षमा कविता गेलाल, मधेश प्रदेश अध्यक्षमा प्रदेशी शाह, बाग्मती प्रदेशमा महेशप्रसाद हाडा र गण्डकी प्रदेश अध्यक्षमा रामजी खाण चयन भएका छन्।

लुम्बिनी प्रदेश अध्यक्षमा खुमबहादुर केसी, कर्णाली प्रदेश अध्यक्षमा कृष्ण रेउले र सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुरत रावत चयन भएका छन्। प्रदेश अध्यक्ष स्वतः केन्द्रीय उपाध्यक्ष सरह हुन्छन्। त्यस्तै महासचिवमा लीलाधर भट्टराई (लिगेस) उपमहासचिवमा दीपक भण्डारी, हिक्मत शाही (क्षितिज) र पवन चुकाह चयन भए । कोषाध्यक्षमा दिपेन्द्र आले र सहकोषाध्यक्ष जालुमाया गुरुङ चयन भएका छन्।

अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका समहामन्त्री भिष्मराज आङ्दम्वे, केन्द्रीय सदस्य प्रतिमा गौतम, नेता भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, प्रदेश सांसद मैया श्रेष्ठलगायतले कला संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप