शैक्षिक शत्र २०८० को नारा- ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’

काठमाडौँ । शैक्षिक शत्र २०८० विद्यार्थी भर्ना अभियानको नारा समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान तय गरिएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र शैक्षिक शत्र २०८० का लागि उक्त नारा तय गरेको हो । उक्त आदर्श वाक्यसहित शैक्षित्र सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको केन्द्रले जनाएको छ । सोही आधारमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार सारभूत रूपमा कार्यान्वय गर्न सबै स्थानीय तह र विद्यालयहरूलाई आग्रह गरेको छ ।
सोही आधारमा विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न हुन तथा शिक्षा विकास तथा समन्वय इकाईहरूले समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ । शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना २०८० वैशाख महिनामा नै सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई भनेको छ । त्यसका लागि स्थानीय तह शिक्षा शाखाको एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर सूचना, समन्वय र सहजीकरण गर्न लगाउनुपर्नेछ ।
स्थानीय तहमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थालाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्न केन्द्रले आग्रह गरेको छ । भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गर्ने र निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन भनेको छ ।
कक्षा ११ र १२ सञ्चालन भएका विद्यालयहरूले सो तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक कार्यको रूपमा आफ्नो सेवा क्षेत्रभित्र विद्यालय रहेका बालबालिकाको लगत संकलन, तिनीहरू विद्यालय बाहिर रहनुको कारण एवं समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सडक नाटक प्रदर्शन जस्ता क्रियाकलापमा परिचालन गर्न अनुरोध गरेको छ । एक जना शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्ति तोकी सूचना, सम्पर्क र समन्वयको जिम्मेवारी दिन विद्यालयलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत