महासंघको चुनाव– यस्ता छन् वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठका मुख्य एजेन्डा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावमा उद्योगीहरुबीच त्रिपक्षीय भिडन्त हुँदैछ ।
महासंघको चुनावमा अन्जान श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरुबीच महासंघको भावी नेतृत्व कसले सम्हाल्ने भन्ने छिनोफानो भोलि चैत २९ गते हुँदैछ ।
यसबीचमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारहरु आ–आफ्नो एजेन्डा र योजना लिएर मतदाता फकाउन केन्द्रित छन् । यसका लागि अन्जान श्रेष्ठले महासंघको नेतृत्वमा पुगेर महासंघ चलाउर्ने र उद्योगी व्यवसायीको हितमा काम गर्ने योजना सार्वजनिक गरेका छन् ।
अन्जान श्रेष्ठले सार्वजनिक गरेको वाचापत्र अनुसार ६ वटा एजेन्डा अघि सारेका छन् । यसमध्ये उनले ‘सफल, सबल र सुदृढ निजी क्षेत्र’, ‘घरेलु, साना तथा मझौला उद्योगहरुको विकास’, ‘निजी क्षेत्रको प्रतिस्पर्धी क्षमतामा वृद्धि’, ‘सरकार र निजी क्षेत्रकाबीचमा समन्वय र सहकार्य’, ‘नेपालको अर्थतन्त्रमा संरचनागत सुधार’ र ‘नीति, नियम र नियमनमा सरकारसँग सहकार्य’ लगायतका एजेन्डा अघि सारेका छन् ।
यस्तै, श्रेष्ठले आफू महासंघमा उठ्दै गर्दा तीन वटा नारासहित अघि बढेका छन् । उनले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र भन्ने नारा अघि सारेका छन् । ८० प्रतिशत हाराहारीको योगदान रहेको निजी क्षेत्र जीवन्त नभएसम्म अर्थतन्त्र चलायमान नसक्ने भन्दै निजी क्षेत्रलाई जीवन्त बनाउनु दायित्व भएको श्रेष्ठको भनाई छ ।
यस्तै, समाज तथा राष्ट्रप्रति जिम्मेवार निजी क्षेत्रले मात्र अर्थतन्त्र पुर्नरुत्थानमा भूमिका खेल्न सक्ने हुनाले निजी क्षेत्रलाई जिम्मेवार बनाउन आजको आवश्यकता भएको श्रेष्ठ बताउँछन् ।
यसैगरी, चलायमान अर्थतन्त्रको लागि सदैव जोसिलो निजी क्षेत्रले मात्र योगदान गर्नसक्ने हुनाले देखिने, सुनिने र जोसिलो निजी क्षेत्र आफ्नो प्रतिबद्धता रहेको श्रेष्ठले प्यानल घोषणा गर्दा बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण