‘मसँग उत्कृष्ट टिम छ, जित सुनिश्चित जस्तै छ’
काठमाडौँ । अन्जान श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेको बताएका छन् ।
रातोपाटीसँग कुराकानी गर्दै श्रेष्ठले महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेको बताएका हुन् ।
कुराकानीका क्रममा उनले भने, ‘महासंघको चुनावमा ३ जना व्यवसायी भिडन्तमा छौं । तर, मसँग उत्कृष्ट टिम छ र जित शुनिश्तितातर्फ गएको छ ।’
महासंघको चुनाव भोलि २९ गते प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।
उक्त चुनावमा अन्जान श्रेष्ठसँगै उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई भिडन्तमा छन् । वरिष्ठ उपाध्यक्षका रुपमा आउने व्यवसायी ३ वर्षपछि स्वतः महासंघको २१औं अध्यक्ष बन्छन् ।
श्रेष्ठसँग जिल्लानगरतर्फको उपाध्यक्षमा अरुण सुमार्गी छन् भने वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान छन् । यस्तै, एसोसिएट उपाध्यक्षमा भरत आचार्य चुनावी मैदानमा छन् । यस्तै, जिल्लानगर, वस्तुगत र एसोसिएटतर्फका केन्द्रीय सदस्यमा समेत प्यानल बनिसकेको अन्जानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण