उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि आज मतदान
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
उद्योगी व्यवसायीहरूको छाता संस्था महासङ्घको ५७ औँ साधारण सभाले महासङ्घको नयाँ नेतृत्वको लागि आज मतदान हुन लागेको हो । यस महासङ्घको अधिवेशन हिजो उद्घाटन भएको थियो ।
हिजोबाट सुरु भएको साधारणसभवाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुनेछ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ । यसरी निर्वाचित हुने महासङ्घको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।
साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।
यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा आउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण