मिस मगर इन्टरनेशनल छानिने
काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘मिस मगर इन्टरनेशनल’ आयोजना हुने भएको छ । आयोजक सुनगाभा नेपालले एक कार्यक्रमकाबीच प्रतियोगिताको आवेदन खुल्ला गरेको हो ।
देशभरबाट मिस मगर इन्टरनेशनलमा भाग लिन वेबसाइट तथा सामाजिक सञ्जालमार्फत आवेदन दिन सकिनेछ । २०८० बैशाख २३ गते प्रतियोगीहरूको छनौट हुनेछ भने जेठ २० गते फाइनल कार्यक्रम हुनेछ ।
आयोजक सुनगाभा नेपालले मिस मगर इन्टरनेशनलमा भाग लिन केही सर्तहरू राखेको छ । जसअनुसार यस प्रतियोगितामा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका मगर समुदायका युवतीहरूले भाग लिन सक्नेछन् ।
न्यूनतम ५ फिट् १ इन्च उचाइ हुनुपर्नेछ । ३० प्रतिशत भोटिङ र ३५ प्रतिशत निर्णायक र ३५ प्रतिशत ट्यालेन्टका आधारमा उत्कृष्ट प्रतियोगिहरुको छनौट गरिने आयोजकले जनाएको छ ।
मिस मगर इन्टरनेशनलको विजेतालाई ४ लाख रुपैयाँ नगद र आधा तोला सुन, यसैगरी फस्ट रनर अपलाई ३ लाख रुपैयाँ र १ तोला चाँदी, सेकेन्ड रनर अपलाई २ लाख र चाँदी, थर्ड रनर अपलाई १ लाख रुपैयाँ र १ तोला चाँदी र चौथो हुनेलाई ५० हजार रुपैयाँ र १ तोला चाँदी पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जनाएको छ ।
हराउँदै गएको मगर भाषा, संस्कृति, वेशभूषा, परम्परालाई चिनाउन मिस मगर इन्टरनेशनल कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक सुनगाभा नेपालका अध्यक्ष तमप्रकाश पुनले मगर बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण