प्रिमियरमा ‘बुलाकी’लाई उत्कृष्ट प्रतिक्रिया
काठमाडौँ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को बुधबार साँझ प्रिमियर गरिएको छ । बिग मुभिज कमलपोखरीमा गरिएको प्रिमिएरमा रंगपत्रकार र फिल्मकर्मीको सहभागिता रहेको थियो ।
प्रिमियरमा फिल्मले तारिफ पाएको थियो । फिल्म हेर्ने अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरे ।
प्रिमियरमा सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढङ्गले फिल्ममा प्रस्तुत गरेको बताए । उनले फिल्मको सबैको मन न सक्ने बताए ।
निर्देशक दिनेश डीसीले र अभिनेत्री निता ढुङ्गानाले फिल्म हेर्दा छुट्टै आनन्दको अनुभूति भएको बताए । कलाकार हरिहर अधिकारीले पनि नेपाली फिल्ममा यस्ता कथा भन्न आवश्यक रहेको सुनाए ।
फिल्ममा रहेको अभिनेत्री सुरक्षा पन्तको अभिनय सबैले रुचाएका थिए । फिल्ममा सुरक्षाको अलावा बिराज विष्ट, नरेन खड्का लगाएको अभिनय छ । फिल्मले मल्टिप्लेक्समा राम्रो सोज पाएको छैन । प्रदर्शकहरूले यो फिल्मलाई चेपुवामा पारेको गुनासो निर्माण युनिटको छ ।
फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् । उनले कर्णालीको कथा एक कथामा बुलाकी बनाए पनि अझ धेरै कथा भन्न बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण