उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्ष पदमा दोश्रो चरणको मतदान हुने
काठमाडौँ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा दोस्रो चरणकाे मतदान हुने निश्चित भएको छ । वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । तर ३ जना उम्मेदवारबीच भएको चुनावी भिडन्तमा एक उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोश्रो चरणको चुनाव हुने निश्चित भएको हो ।
एसोसिएटतर्फको मतगणना सकिँदा रामचन्द्र संघईले सबैभन्दा धेरै मतभार प्राप्त गरेका थिए । संघईले ६१३ मत ल्याएका छन् । वरिष्ठ उपाध्यक्षको चुनावमा एसोसिएटतर्फको मतभार ३० छ । यसपछि जिल्ला नगरतर्फको मतगणनामा अन्जान श्रेष्ठको धेरै मतभार छ । जिल्लानगरतर्फ श्रेष्ठले ४७ मत ल्याएका छन् । सो समूहको मतभार ५० प्रतिशत हुन्छ । यसैगरी वस्तुगततर्फ उमेशलाल श्रेष्ठले ६९ मत ल्याएका छन् । तीन समूहमै आएको मतभार गणना गरेपछि पहिलो चरणबाटै बाहिरिने प्रतिष्पर्धी टुङ्गो लाग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण