उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्ष पदमा दोश्रो चरणको मतदान हुने

काठमाडौँ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा दोस्रो चरणकाे मतदान हुने निश्चित भएको छ । वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । तर ३ जना उम्मेदवारबीच भएको चुनावी भिडन्तमा एक उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोश्रो चरणको चुनाव हुने निश्चित भएको हो ।
एसोसिएटतर्फको मतगणना सकिँदा रामचन्द्र संघईले सबैभन्दा धेरै मतभार प्राप्त गरेका थिए । संघईले ६१३ मत ल्याएका छन् । वरिष्ठ उपाध्यक्षको चुनावमा एसोसिएटतर्फको मतभार ३० छ । यसपछि जिल्ला नगरतर्फको मतगणनामा अन्जान श्रेष्ठको धेरै मतभार छ । जिल्लानगरतर्फ श्रेष्ठले ४७ मत ल्याएका छन् । सो समूहको मतभार ५० प्रतिशत हुन्छ । यसैगरी वस्तुगततर्फ उमेशलाल श्रेष्ठले ६९ मत ल्याएका छन् । तीन समूहमै आएको मतभार गणना गरेपछि पहिलो चरणबाटै बाहिरिने प्रतिष्पर्धी टुङ्गो लाग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने