उद्योग वाणिज्य महासङ्घ चुनाव
महासंघको दोस्रो चरणको मतदान दिउँसो २ बजेदेखि
बिहीबार, ३० चैत २०७९, १३ : २०
काठमाडौँ । उद्योग वाणिज्य महासंघको दोस्रो चरणको मतदान दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । महासंघको निर्वाचन समितिका अनुसार दिउँसो २ बजेदेखि दोस्रो चरणको मतदान सुरु हुने भएको हो । हिजो सम्पन्न मतदानअनुसार कुनै पनि उम्मेदवारको ५१ प्रतिशत नतिजा नआएपछि आज पुनः मतदान हुने भएको हो । महासंघको विधानमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारले कम्तिमा ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ ।
तर, वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले पहिलो चरणको मतदानमा ५१ प्रतिशत मत ल्याउन सकेनन् । सबैभन्दा धेरै अन्जान श्रेष्ठले ३७ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१ प्रतिशत र रामचन्द्र संघईले ३० प्रतिशत मतभार ल्याएका छन् । पहिलो चरणको मतदानबाट संघई बाहिरिएका छन् । अब उनको समर्थनले दोस्रो चरणको मतदानमा ठूलो प्रभाव पार्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण