उद्योग वाणिज्य महासङ्घ चुनाव
महासंघको दोस्रो चरणको मतदान दिउँसो २ बजेदेखि
बिहीबार, ३० चैत २०७९, १३ : २०

काठमाडौँ । उद्योग वाणिज्य महासंघको दोस्रो चरणको मतदान दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । महासंघको निर्वाचन समितिका अनुसार दिउँसो २ बजेदेखि दोस्रो चरणको मतदान सुरु हुने भएको हो । हिजो सम्पन्न मतदानअनुसार कुनै पनि उम्मेदवारको ५१ प्रतिशत नतिजा नआएपछि आज पुनः मतदान हुने भएको हो । महासंघको विधानमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारले कम्तिमा ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ ।
तर, वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले पहिलो चरणको मतदानमा ५१ प्रतिशत मत ल्याउन सकेनन् । सबैभन्दा धेरै अन्जान श्रेष्ठले ३७ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१ प्रतिशत र रामचन्द्र संघईले ३० प्रतिशत मतभार ल्याएका छन् । पहिलो चरणको मतदानबाट संघई बाहिरिएका छन् । अब उनको समर्थनले दोस्रो चरणको मतदानमा ठूलो प्रभाव पार्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न