‘हल्कारा’ को ट्रेलरमा वैदेशिक रोजगारीको कथा
काठमाडौँ । वैशाख २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हल्कारा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण युनिटले ट्रेलर बाहिर ल्याएको हो । हरेक नेपालीको घरको कथा भन्ने यस फिल्मको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ ।
ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोसिस गरिएको छ ।
कालीपार स्टुडियोले आइसफल प्रोडक्सनको सहकार्यमा निर्माण गरेको फिल्म महेश त्रिपाठी, बिनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् ।
फिल्म पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक रहेको कार्यक्रममा निर्देशक सापकोटाले बताए । फिल्मले ‘वल्र्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’ मा सर्वश्रेष्ठ फिल्म अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको थियो भने सोहि फेस्टिवलमा अभिनेता त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी भएका थिए । फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण