फिल्म ‘काँडेतार’ को शीर्ष गीतमा के छ ?
काठमाडौँ । फिल्म ‘काँडेतार’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । काँडेतारलाई सीमा तहलेदारको रुपमा परिभाषित गरिएको गीत निर्माण युनिटले फिल्मको पहिलो गीतको रुपमा सार्वजनिक गरेको हो । गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर,मणी थापाको संगीत र मिलन कान्छा किराँतीको शब्द छ । यो गीतले देशको भूगोल र सार्वभौमसत्ता रक्षाका लागि नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने कुरो उठाएको छ ।
नवल खड्काको निर्देशन रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ । फिल्मको मुख्य भूमिकामा निर्देशक खड्का पनि छन् । निर्देशक नवलकै निर्माण रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ ।
मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् । तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रुपमा छन् भने कार्यकारी निर्माता नवलकी गायिका सत्यकला राई हुन् । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यसअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो । जसले राम्रौ चर्चा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण