कम्पनीले खेलाएको लक्की ड्रमा एक व्यक्तिले जिते ३६५ दिनको तलबी बिदा
एक व्यक्तिले आफू काम गर्ने कम्पनीले खेलाएको लक्की ड्रमा ३६५ दिनको तलबी बिदा जितेका छन् ।
चीनका ती व्यक्तिले उक्त लक्की ड्र जितेको भिडियो चीनको सोसल मिडियामा पछिल्लो एक हप्तादेखि चर्चाको विषय बनेको छ । उक्त भिडियोमा एक युवा ठुलो हलको कुर्सीमा एउटा बोर्ड लिएर बसिरहेका छन् जसमा लेखिएको छ – ३६५ दिनको तलबी बिदा । उक्त भिडियोबारे चीनको मूलधारका मिडियाले पनि सोधी खोजी गरेका छन् । उक्त भिडियो सेन्जेनस्थित एक कम्पनीले आफ्नो वार्षिकोत्सवमा रेकर्ड गरेको पाइयो । व्यवस्थापकले आफ्ना कर्मचारीको तनाव कम गर्न र माहौललाई रमाइलो पार्न वार्षिकोत्सवमा विभिन्न खालका खेलको आयोजना गरेको थियो जसमा यो लक्की ड्र पनि समावेश थियो ।
नाम नखुलेको उक्त कम्पनीको व्यवस्थापन विभागकी मिस चेनले पत्रकारसँगको कुराकानीमा आफ्नो कम्पनीले कोभिड–१९ का कारण पछिल्लो तीन वर्षदेखि वार्षिकोत्सव आयोजना नगरेकोले कर्मचारीको तनाव कम गर्न त्यस्तो कार्यक्रमको आयोजना गरेको जानकारी दिइन् । कार्यक्रमको अवधिभर कसैलाई घरमा बनाइएको विशेष पेय पदार्थ खान लगाइयो भने कोहीलाई साथीहरूका लागि वेटर बन्न लगाइयो । तीमध्ये कोहीले एक वा दुई दिनको छुट्टी पनि पुरस्कारमा जिते ।
यसबारे बोससँग कुरा गरेपछि आयोजकले वार्षिकोत्सव कार्यक्रममा सबैलाई अचम्मित पार्ने पुरस्कार समावेश गर्ने निर्णय गरेको पनि उनले जानकारी दिइन् । यसरी ‘३६५ दिनको छुट्टी’ को अवधारणा विकास भएको बताइन् । उक्त पुरस्कार जवान म्यानेजरले जितेका थिए । उनको नाम पनि खुलाइएको छैन ।
यद्यपि, यो अचम्मको पुरस्कारमा धेरै चिनियाँ कामदारले शङ्का गरेका छन् । कतिले यस्तो सपनामा मात्रै हुने त कतिले यो पुरस्कारलाई ‘भ्रामक जाल’ को संज्ञा दिएका छन् ।
‘बिदा मनाएर फर्किँदा, तपाईंको काम रहनेछैन,’ एक जनाले चिनियाँ भिडियो सेयरिङ प्लेटफर्म डोउयिन (टिकटक) मा कमेन्ट गरेका छन् । ‘कम्पनीले तिमी बिना र तिमी हुँदा, कम्पनीमा कस्तो फरक पर्छ भनेर हेर्नेछन्,’ अर्को व्यक्तिले भने । यस्तै, अर्का व्यक्तिले पुरस्कार जित्ने व्यक्ति सम्भावित बोनसबाट पनि वञ्चित हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण