हिन्दु विश्वविद्यालय स्थापनाका लागि अध्ययन समितिले पर्यटनमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौँ । श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
आइतबार संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी समितिले मन्त्री किराँतीलाई श्रीपशुपति हिन्दु विश्वविद्यालय सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको हो । एक महिना भित्र प्रतिवेदन बुझाउने गरी डा.जगमान गुरुङ संयोजक रहेको अध्ययन समितिले समयसीमा भित्रै अध्ययन प्रतिवेदन बुझाएको हो ।
श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री किराँतीले नेपालमा यस्ता धेरै अध्ययन समिति बन्ने तर पाएको जिम्मेवारी पूरा नहुने गरेको अवस्थामा यो समितिले त्यो प्रवृत्तिको ब्रेक गरेको बताए । उनले समितिले श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेर बनाएको प्रतिवेदन विस्तृत अध्ययन गर्ने बताए ।
अध्ययन समितिका संयोजक डा.जगमान गुरुङले श्रीपशुपति हिन्दु विश्वविद्यालयले विश्वका पर्यटक आकर्षण गर्ने बताए । उनले समितिले बनाएको अवधारणामा सरकारले कार्यविधि बनाएर सांसदबाट पास गराएर २०८१ वैशाख १ गते शिलान्यास गर्ने योजना रहेको बताए ।
समितिले नेपालको धर्म,दर्शन,संस्कृति र लोकपरम्परा लगायतको नेपालमुखी रैथाने विषय अध्ययन अध्यापन गराउन श्रीपशुपति हिन्दु विश्वविद्यालय आवश्यक रहेका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उक्त विश्वविद्यालयमा स्नातकोत्तर,एम.फिल. र विद्यावारिधि तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण