‘गोर्खा : बिनिथ द ब्रेभरी’ अमाजोन प्राइममा
काठमाडौँ । केही दिन अगाडि प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ अमाजोन प्राइममा रिलिज हुने भएको छ । फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट अमाजोन प्राइममा रिलिज हुन लागेको हो । अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एस.एन.आर.फिल्मसले फिल्म अमाजोन प्राइम अमेरिकामा मे २ बाट रिलिज हुँदैछ । अनि त्यसपश्चात् युके, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान र जापानमा रिलिज गरिने निर्माण पक्षले जानकारी दियो ।
गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित रहेर यो फिल्म निर्माण भएको हो । फिल्ममा गोर्खालीको त्याग, करुणा र मित्रताको कथा देखाइएको छ । फिल्मको पुरै छायाङ्कन बेलायतमा गरिएको हो ।
२५ सेप्टेम्बर १९१५ मा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा ठुलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्विन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । उनकै कथालाई यो फिल्ममा देखाइएको थियो । यतिबेला २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो ।
शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण