‘गणपति’ गीत : ‘गाढा भैदियो’ भन्दै प्रेममा मुकुन र मेनुका
काठमाडौँ । जेठ ५ गते रिलिज हुने फिल्म ‘गणपति’ को गीत ‘गाढा भैदियो’ सार्वजनिक भएको छ । फिल्मका निर्देशक सबिन अधिकारी हुन् । गीतमा निर्देशक अधिकारीकै शब्द तथा संगीत रहेको छ । अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको गीतका भिडियोमा फिल्मका मुख्य पात्रहरु मुकुन भुषाल र मेनुका प्रधानको अभिनय छ ।
कोही व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बन्ने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने बिषयवस्तु कथा बनाएको फिल्ममा मुकुन र मेनुकाको अलवा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टिकाभक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय छ ।
फिल्मका निर्माता लक्ष्मण थापा हुन् । फिल्मले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए । एबिगम्यान फिल्मस्को ब्यानरमा बनेको फिल्म हरिबहादुर घलेले छायांकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण