‘बिहे पास’ ले कस्तो पायो दर्शक ?
काठमाडौंँ । नयाँ वर्षको अवसरमा वैशाख १ गतेबाट देशभर प्रदर्शन आएको फिल्म हो ‘बिहे पास’ । श्रीमती तथा ससुरा फकाउन सरकारी जागिरको खोजीमा रहेका एक युवकको संघर्ष र प्रत्यत्नको कथामा निर्माण भएको फिल्मले राम्रै दर्शक पाउन सफल भएको निर्माता रोहित कट्टेल बताउँछन् । सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्ममा अभिनेता दयाहाङ राई सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा छन् भने उनकी पत्नीको भूमिकामा अभिनेत्री प्रकृति श्रेष्ठ र ससुरो बनेका विशाल पहाडी सरकारी अधिकृतमा छन् ।
फिल्मले सरकारी जागिरको कुरा मात्र होइन, नेपाली जनजीवनका विविध आयामलाई पनि रोचकताका साथ प्रस्तुत गरेको छ । नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी, कर्मचारीको घुस्याहा मनोवृत्ति, लोकसेवा पास गर्न आर्थिक चलखेल, प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न विविध हतकन्डा अप्नाउने डनगिरीलगायतका विविध बिषयलाई समेटेको भएकोले पनि फिल्म दर्शकले रुचाएको निर्माता कट्टेलको धारणा छ ।
फिल्म प्रवेश पौडेलले निर्देशन गरेका हुन् । फिल्मले रिलिजको पहिलो र दोस्रो दिन अर्थात शुक्रबार र शनिबार आक्रामक ब्यवसाय गरेको र त्यसपछि पनि राम्रो ब्यवसाय गरिरहेको कार्यकारी निर्माता रत्न श्रेष्ठले बताए । उनले फिल्मको आइतबारसम्मको ब्यापारबाट आफूहरु नाफामा रहेको सुनाए । फिल्ममा दयाहाङ र प्रकृतिका साथमा सुभाष गजुरेल, श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेल, रुषा न्यौपानेलगायतका कलाकारको अभिनय छ ।
आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् । शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामिछानको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण