मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहा नगरपालिकाको जिन्सी शाखामा आगलागी, छानबिन समिति गठन

सोमबार, ०४ वैशाख २०८०, २० : २९
सोमबार, ०४ वैशाख २०८०

जनकपुरधाम । सिरहा नगरपालिकाको जिन्सी शाखामा आइतबार राती आगलागी भएको छ । नगरपालिकाको जिन्सी शाखामा विद्युत् सट भएर आगलागी भएको हो ।

आगलागीबाट जिन्सी शाखामा आर्थिक वर्ष २०७२/०७३ भन्दा अगाडिको स्रेस्ता, भौचर, बिल भरपाई लगायतको कागजातहरू जलेर नष्ट भएको सिरहा नगरपालिकाका प्रशासन शाखा प्रमुख विनोद कुमार पासमानले बताए ।  

पासमानका अनुसार आइतबार राति करिब ८ बजेतिर आगलागी भएको र नगरपालिकाकै वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

उक्त घटनाको छानबिन गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । नगरपालिका वडा नं.१ का वडाध्यक्ष महेश कुमार यादवको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो । 

समितिको सदस्यहरूमा वडाध्यक्ष शिवशंकर झा, राकेश कुमार यादव, प्रदिप कुमार मण्डल, कार्यपालिका सदस्य रविन्द्र साह, अनि कर्ण र सब इन्जिनियर प्रविन कुमार यादव रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप