मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

ब्लड प्रेसर जाँच्ने बसेर कि सुतेर ?

मङ्गलबार, १८ वैशाख २०८१, १९ : ०१
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । अहिलेको समयमा रक्तचापको समस्या घट्ला भन्दा उल्टै बढ्दै गइरहेको छ । विश्वभर करोडौं मानिस उच्च रक्तचाप वा निम्न रक्तचापको समस्याबाट ग्रसित छन् । 

वयस्क र वृद्धवृद्धाहरूमा मात्रै होइन युवाहरूमा समेत रक्तचापको समस्या बढेको छ । सामान्य वयस्कको रक्तचाप १२०/८० एमएम एचजी हुन्छ । सिस्टोलिक प्रेसर १२० एमएम एचजी सम्म र डायस्टोलिक प्रेसर ८० एमएम एचजी सम्म हुनुपर्छ । यो भन्दा बढी वा कम भएमा उच्च र निम्न रक्तचापको समस्या सुरु हुन्छ ।

अहिलेको समयमा खराब जीवनशैली र खानपानका कारण रक्तचापको समस्या तीव्र गतिमा बढिरहेको छ । बीपीको समस्याबाट बच्न सबैले आफ्नो ब्लड प्रेसर जाँच गरिरहनुपर्छ र यो कम वा धेरै भएमा चिकित्सकको सल्लाह लिनुपर्छ । आजकल बजारमा डिजिटल ब्लड प्रेसर जाँच गर्ने मेसिन पनि पाइन्छ । यसको साहाराले हामी घरमै बसी बसी सजिलै आफ्नो रक्तचाप जाँच्न  सक्छन् । मानिसहरू ओछ्यानमा सुतेर वा बसेर पनि बीपी चेक गर्छन् ।

रक्तचाप नाप्ने सही तरिका के हो ?  

रक्तचाप जाँच्दा आरामसँग कुर्सीमा बस्नु पर्छ । कुर्सीमा बस्दा खुट्टाले भुईँ टेकेको हुनुपर्छ भने दुवै हात टेबलमा मुटुको उचाइ हाराहारीमा राखिएको हुनुपर्छ । दायाँ वा बायाँ दुवै हातबाट रक्तचाप जाँच्न सकिन्छ । यो पोजिसनमा केही समय बसेपछि मात्रै रक्तचाप जाँच गर्नुपर्छ । यसो गर्दा बीपीको रिडिङ सही हुन्छ ।

तर, रिंगटा लाग्ने मानिसहरूले चाँहि सुतेरै रक्तचाप जँचाउन सक्छन् । सुतेर ब्लडप्रेसर जाँच्दा बसेको तुलनामा कम देखाउँछ । तसर्थ बीपी नाप्दा सटिक नतिजा आओस् भन्ने चाहनु हुन्छ भने कुर्सीमा बसेरै नाप्नुपर्छ । बसाई स्थिति गलत छ भने बीपी रिडिंगमा तलमाथि हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप