मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘पुजार सार्की’को गीत ‘रिमै’

मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । दिनेश राउत निर्देशित आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’  सार्वजनिक गरिएको छ । फिल्मको थिममा गीत तयार पारिएको छ । 

गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली त्यसैगरी मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ ।

निर्देशक राउतका शब्द र सुवास भुसालको सङ्गीत रहेको गीतमा देवेन्द्र बराल र मुना ठटालको स्वर छ । यसअघि सार्वजनिक गीत ‘दर्शन गरेँ’ले दर्शकको मन जितिरहेको समय यो गीतले चलचित्रको चर्चा अझै चुल्याउने निर्माणको विश्वास रहेको छ ।

चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन् । प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ ।उनको पूर्ण परिचय भने गराइएको छैन । पल शाहको भूमिका पनि सस्पेन्स छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको रूपमा देखाइएको छ ।

चलचित्र मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत चलचित्रमा अभिनय छ ।

चलचित्रका लेखक विकास सुवेदी हुन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ, भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन् । 

राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया