जलहरी प्रकरणमा मिलन थापासहित ३ जनालाई सफाइ
काठमाडौँ । पशुपतिनाथको जलहरी प्रकरणमा विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठले सफाइ दिने फैसला गरेका हुन् ।
भ्रष्टाचार अभियोगबाट सफाइ पाउनेमा डा. प्रदीप ढकाल, मिलन थापा र अरुणकुमार श्रेष्ठ रहेको विशेष अदालतका अधिकृत सागर ढकाले रातोपाटीलाई बताए ।
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित पूर्व सदस्यसचिव ढकाल र विशेष नाइके श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै निलम्बनमा परेका थापासँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतले मागेको धरौटी बुझाएर थापा गत पुस २५ गते नै रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण