'ब्रम्हाण्ड'को सुरुवात पोखराबाट
काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरीज ‘ब्रम्हाण्ड’को शुभमुर्हूत गरिएको छ ।
पोखरास्थित गुप्तेश्वर महादेव मन्दिरमा कलाकार तथा प्राविधिकको उपस्थितिमा मंगलबार सिरिजको शुभमुहुर्त गरिएको हो । मुहुर्तसँगै सुटिङ पनि सुरु भएको निर्माण युनिटले जनाएको छ ।
रियाज नाटक्कारको लेखन तथा निर्देशन रहेको सिरिजको छायाङ्कन पुरुषोत्तम प्रधानले गर्दै छन् । सागरराज आचार्य कार्यकारी निर्माता निर्माता रहेको सिरिजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ्ग, सुरज विष्ट, सुप्रज्ञा शर्मा, सञ्जय ढुङ्गानाको अभिनय रहनेछ ।
‘ब्रम्हाण्ड’लाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइने निर्माण युनिटले जनाएको छ । यस सिरिजको पहिलो सिजनमा ८ एपिसोडको हुनेछ र यसको पुरा लेन्थ ८ घण्टाको हुनेछ । यसलाई ओटीटी प्लाटफर्ममा रिलिज गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण