बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पाल्पा दरबार परिसरका घर टहरा भत्काउन सुरु

बुधबार, ०६ वैशाख २०८०, १० : ००
बुधबार, ०६ वैशाख २०८०

पाल्पा । पाल्पाको तानसेन वडा नं.४  स्थित मख्खनटोल, शित्तलपाटी क्षेत्रका ५७ वटा घर टहरामा डोजर चलाइएको छ छ । नगरपालिकासहित विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेका ५७ वटा घर टहरा बुधबार बिहानदेखि हटाउन सुरु गरिएको हो ।

पाल्पा दरबार परिसरमा रहेको घर टहरा हटाउन नगरपालिकाले व्यापारी तथा व्यवसायीलाई ३५ दिने सूचना जारी गरेको थियो । सूचना अनुसार घर टहरामा व्यापारी व्यवसायीले घर टहराका सामान हटाइसकेका छन् । सामान हटाएपछि घर टहरा भत्काउन सुरु गरिएको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए ।

दरबार परिसरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र पर्यटकीय स्थलको रूपमा विकास गर्न घर टहरा हटाइएको प्रवक्ता कार्कीले बताए । यहाँका संरचना हटाउन नगरपालिकाले तीन वटा डोजर, माटो सफा गर्ने पानीको फोहोरा, सामान उठाउने ट्रक तथा अन्य बस्दोबस्तीका सामान तयार गरेर गरेको जनाएको छ । घरछहरा हटाएपछि तत्कालै त्यस स्थानमा सरसफाइ गर्ने र दरबार परिसरको ऐतिहासिकता कायम गर्ने तथा सुन्दर बनाउने नगरपालिका र पुरातत्त्व विभागको योजना छ ।

नगरपालिकाले प्रहरी प्रशासन, नगर प्रहरीसहित, आवश्यक जनशक्ति टहरा हटाउने स्थलमा खटाएर काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले उल्लेख गरे । घर टहरा हटाएपछि तत्कालै यहाँका फोहोर हटाउने र आवश्यक सौन्दर्यीकरण गरिने ज्ञवालीले बताए । यहाँबाट विस्थापित भएका अधिकांश व्यवसायीले अर्को स्थानमा व्यापार गर्न थालिसकेका छन् । घर टहरा हटाउँदा मर्कामा पर्ने व्यापारीलाई नगरपालिकाले व्यवस्थापन गर्ने योजना रहेको ज्ञवालीले बताए ।

नगरपालिकालाई भाडा दिने गरी यहाँको जग्गा व्यापारी तथा व्यवसायीलाई दिए पनि अधिकांशले विगत १३ वर्षदेखि ४५ लाख बढी भाडा तिरेका थिएनन् । नगरपालिकालाई उनीहरूले कबोल गरेको भाडा १३ वर्षदेखि नतिरेको र त्यो सरकारी नियमानुसार असुलउपर गर्ने नगरपालिकाले जनाएको छ ।

यहाँको घर टहरा भत्काएसँगै टहरामा घर टहरा भाडामा लगाउने बेला हुने कमिसन र मोलमोलाइको खेल समेत सकिएको छ । विगतमा यहाँको टहरा भाडामा लगाउने बेलामा लाखौँ रुपियाँको कमिसनको चलखेल हुँदै आएको थियो । नगरपालिका तथा विभिन्न सङ्घसंस्थालाई कम भाडा दिएर महँगोमा घर टहरा भाडामा लगाउने ठेक्का हुने गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप