मृतक मजदुरको परिवारलाई सात लाख राहत प्रदान
रुपन्देही । ग्रील सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका मजदुरको परिवारलाई ग्रील तथा स्टिल व्यवसायी सङ्घ रुपन्देहीले सात लाख रुपैयाँ राहत प्रदान गरेको छ ।
बुटवल इन्जिनियरिङ वक्र्सका कामदार तिलक थारुको गत साउन ९ गते कामको सिलसिलामा कपिलवस्तुमा करेन्ट लागेर मृत्यु भएकोमा उनको परिवारले ७ लाख रुपैयाँ राहत पाएको हो ।
सङ्घले एक कार्यक्रमबीच मृतक थारुकी श्रीमती निशाकुमारी थारुलाई ७ लाख रुपैयाँको चेक दिएको हो । चेक पाएपछि निशाले दुखको बेला राहत मिलेको बताइन् ।
सङ्घले सुरु गरेको सामाजिक सुरक्षा अभियान अन्तर्गत निशाले राहत रकम पाएकी हुन् । सङ्घका सदस्य व्यवसायी सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भएमा उद्योगमा काम गर्ने कामदार मजदुरले स्वतः राहत पाउँछन् । मजदुरले कुनै शुल्क तिर्नुपर्दैन ।
सासु कार्यक्रम सुरु गरेका निवर्तमान अध्यक्ष तुलजी सारुले कामको सिलसिलामा घाइते भएकाको हकमा न्युनतम १० हजारदेखि ७५ हजारसम्म र मृत्यु भएमा ७ लाख रुपैयाँसम्म राहत रकम दिने गरेको बताए ।
सङ्घका अध्यक्ष मोहन भट्टराईले आफ्नो कार्यकालमा सङ्घमा आबद्ध सबै व्यवसायीलाई सासु कार्यक्रममा आबद्ध गराई व्यवसायी र मजदुर दुबैलाई भवितव्य आइपर्दा राहत दिलाउने प्रयासमा रहेको बताए ।
सासु कार्यक्रममा आबद्ध हुन एक दिनको ६ रुपैयाँ र नवीकरण गर्न एक दिनको ३ रुपैयाँमात्रै लाग्छ’–भट्टराईले भने–‘यो कुनै ठुलो रकम होइन तर कतिपय व्यवसायीले यसको महत्त्व अझै बुझ्न सक्नुभएको छैन ।’
सासु कार्यक्रममा आबद्ध हुने व्यवसायीलाई सङ्घले हेल्मेट, पन्जा लगायत दुई हजार भन्दा बढी मूल्य पर्ने सेफ्टी औजारहरु समेत दिने गरेको महासचिव ध्रुवमणि ज्ञवालीले बताए ।
सङ्घले हालसम्म ५० जना भन्दा बढीलाई सासु कार्यक्रम अन्तर्गत उपचार खर्च र राहत दिएको उनले बताए । सङ्घका संस्थापक अध्यक्ष अशोक वर्माले सङ्घले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अरू व्यावसायिक संस्थाले पनि लागु गर्नुपर्ने अनुकरणीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण