कालिन्चोक पुगेर रोमान्टिक बने गौरव र नम्रता
काठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ युनिट बुधबार कालिन्चोक पुगेको छ । फिल्ममा रहने ‘तिमी वर म पिपल’ बोलको गीत छायाङ्कनका लागि निर्माण युनिट कलाकार सहित कालिन्चोक पुगेको हो ।
कालिन्चोकमा गीतको बिहानैदेखि सुटिङ सुरु भएको छ । गीतमा अभिनेत्री नम्रता सापकोटा र अभिनेता गौरव पहारीको अभिनय छ । निर्माण युनिटले सुटिङ स्थलबाट सार्वजनिक गरेको तस्बिरमा पनि नम्रता र गौरव रोमान्टिक मुडमा देखिएका छन् । अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् ।
नारायण खातीको कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रताको अलवा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय छ ।
भाद्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन फिल्ममा रहने छ ।
विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, मुख्य सहायक निर्देशकमा जीवन गौतम छन् । ‘नम्बरी सुन’लाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण