लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठान गठन प्रक्रियाको विरोध
बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चार प्रतिष्ठान गठनको प्रक्रिया अगाडि बढाएको प्रति विरोध भएको छ ।
सरकारले नियमावली निर्माण नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले विरोध जनाएको हो । महासंघले सरोकारवाल पक्षसँग छलफल नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको बताएको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चार विधेयकमा कतिपय विषयहरू बाझिएको, संवाद र छलफल नगरी अगाडि बढाइएको तथा नियुक्ति प्रक्रिया अगाडि बढाउने कार्य रोक्न माग गरेको छ ।
प्रदेश महासचिव विक्रम खड्काले जारी गरेको विज्ञप्तिमा परिषद् सम्बन्धी नियमावली सम्बन्धी आवश्यक कदम चाल्न मार्ग गर्दै हतार प्रतिष्ठान गठन गरे विरोधका कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।
यस्तै सरकारले प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएकोमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले पनि विरोध जनाएको छ ।
प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले विज्ञप्ति जारी गर्दै नियमावली नै नबनाई हतारमा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अगाडि बढाउने कार्य प्रेस युनियनले स्वीकार्य नगर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण