रुपन्देहीमा गोली चलेको आशङ्का, प्रहरीद्वारा अनुसन्धान
बुधबार, ०६ वैशाख २०८०, २२ : २८
रुपन्देही । आज साँझ रुपन्देहीको अमवामा गोली चलेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घाइतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ ।
रुपन्देहीको सियारी गाउँपालिका–३ रगरगञ्जका १९ वर्षीय वीरेन्द्र केवटले आफूमाथि गोली प्रहार भएको बताएका छन् । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाँस काट्न गएको मौका पारी अज्ञात व्यक्तिले केवटको मोबाइल खोस्न खोजेका थिए । “मोबाइल खोसाखोस हुँदा केवट सामान्य घाइते हुनुभएको छ, उहाँ उपचारपछि अहिले घर फर्किसक्नुभएको छ”, अर्यालले भने, “घटनास्थलमा गोली चलेको कुनै अवशेष देखिँदैन, सम्भवतः नक्कली बन्दुक देखाएर तर्साएको हुनुपर्छ । यसबारे हामीले अनुसन्धान सुरु गरेका छौँ ।” प्रहरीलाई घटनाबारे ६ः३० बजे मात्र खबर भएको अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण