मातातीर्थ औँसीको अवसर पारेर ‘गणपति’ को गीत ‘ए मेरी आमा’ सार्वजनिक
काठमाडौँ । आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘गणपति’ । आज बिहीबार मातातीर्थ औँसीको अवसर पारेर फिल्मको ‘ए मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । संवादसहित तयार गीतमा अभिनेता मुकुन भुसाल र सुर्यमाला खनालको अभिनय छ ।
फिल्मको निर्देशन सबिन अधिकारीले गरेका हुन् । निर्देशक अधिकारीकै शब्द तथा सङ्गीत रहेको गीतमा प्रवीण भेडुवालको स्वर छ । कोही व्यक्ति कुनै बेला त्यही समाजको भगवान् बन्ने र उही व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने विषय कथाको रूपमा फिल्मले उठाएको छ ।
फिल्ममा मुकुनको अलावा मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय रहेको छ । फिल्मका निर्माता लक्ष्मण थापा हुन् ।
निर्माता थापाले फिल्मले भगवान् र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए । एबिगम्यान फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण