यमनमा रमजानका लागि दान दिइरहेका बेला भागदौड, ७८ को मृत्यु
यमनको राजधानी सनाको एक स्कुलमा रमजानका लागि दान बाँड्दै गर्दा भागदौड मच्चियो । उक्त भाग दौडमा ७८ जनाको मृत्यु भएको छ । यमनका गृहमन्त्रीले दान दिइरहेका व्यक्तिलाई हिरासतमा लिएको जानकारी दिए । घटनाको अनुसन्धान जारी रहेको गृहमन्त्रीले बताए ।
सनामा एक स्वास्थ्य अधिकारीले धेरै जना घाइते भएको र तीमध्ये १३ को अवस्था गम्भीर रहेको जानकारी दिए । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार दान दिनका लागि सयौँ मानिस स्कुलमा जम्मा भएका थिए । यहाँ प्रति व्यक्ति लगभग ९ डलर दिइँदै थियो ।
समाचार एजेन्सी एसोसिएटेड प्रेसले दुई प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हुथी विद्रोहीले भीडलाई नियन्त्रित गर्न हावामा फायरिङ गरेको थियो । एउटा बुलेट बिजुलीको तारमा लागेको र विस्फोट भएको बताइएको छ । यसका कारण मानिस आत्तिए र भाग दौड मच्चियो ।
सहरको बाब–अल–यमन इलाकामा भएको यो घटनाको भिडियो सोसल मिडियामा छाएको छ जसमा मानिसहरू आत्तिएर दौडिरहेको देख्न सकिन्छ ।
सन् २०१५ मा देशको सरकार राजधानी सनाबाट हटेका कारण त्यहाँ हुथी विद्रोहीका नियन्त्रण छ । सन् २०१५ देखि यमनमा युद्ध जारी छ । सोही वर्ष हुथी विद्रोहीले राजधानी सनाको ठुलो हिस्सा आफ्नो नियन्त्रणमा लिएर सरकारलाई हटाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण