कविता : मलाई सहरिया बनाउने आमा
आमा,
मेरी आमा बनेको दिन
उनीलाई असह्य पीडा भएको दिन हो
रगत धारा बगाएको दिन हो
म प्रतिको दायित्व आफ्नो शिरमा बोक्दै
आफूले पिंजडाको ढोका उघारेको दिन हो
तर त्यो दिन हरेक वर्ष मनाउँछिन्
मेरो जन्मदिन भनेर
मलाई थाहा छ,
बुढेसकालमा छोरो परदेशी हुँदा
जीवनभर नङ्ग्रा खियाएर
साहुको ऋण तिर्न नसक्दा
आमाको मनमा धाजा फाटेको छ
तर भगवान्सङ्ग प्रार्थना गरिरहन्छिन्
सन्तानको ओठ पनि नफुटोस् भनेर
आमाले बगाएको पसिनाको सागरमा
अपि हिमाल ऐना हेर्न आउँछ
कुनै बगर छैन, जहाँ उनको पैतालाले
नटेकेको होस्
कुनै पाखा छैन, जहाँ उनका हात
नबजारिएका हुन्
कुनै ढुङ्गा छैन, जसले आमालाई नचिनेको होस्
कुनै माटो छैन, जहाँ उनको पसिना
नमुछिएको होस्
कुनै मन्दिर छैन, जहाँ मेरा लागि वर नमागेको होस्
कुनै ऋषिमुनि छैन, जसले आमाको जति
भक्ति र तपस्या गरेको होस्
मलाई सहरिया बनाइन् तर
आफ्नो फरिया फेर्न सकेकी छैनन्
मेरो भविष्यको लागि आफ्नो प्राण
दाउमा राखिन्
तर इमान बेचिनन्
कैयौं रातहरु भोकै बसेकी छिन्
कैयौं वर्षातहरु ओतबिनै बिताएकी छिन्
मलाई छहारी दिई
ग्रीष्मको घाममा रापिएकी छिन्
लाग्छ,
भारीको दाम्लोले आमाको निधारका भाग्यरेखा
मेटिइसके
आफू हारी रहिन् बार बार
तर प्रार्थना गरी रहिन् मेरा सन्तान
जितुन् यो दुनियाँ भनेर ।
शैल्यशिखर–४ काँडापारी, दार्चुला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण