फिल्मका वरिष्ठ ध्वनि प्राविधिक श्रेष्ठको निधन
बिहीबार, ०७ वैशाख २०८०, १७ : ४९
काठमाडौँ । नेपाली फिल्मका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको निधन भएको छ । उनको बिहीबार उपचारको क्रममा वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।
डेढ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि क्षेत्रपाटी चिकित्सालय भर्ना भएका उनको स्वास्थ्यमा झन् समस्या देखिएपछि वीर अस्पताल पुर्याएको थियो ।
विदेशी फिल्ममा समेत काम गरेका श्रेष्ठ दशकअघिदेखि फिल्ममा क्षेत्रमा सक्रिय छन् । देउकी, प्रेयसी, विद्रोह, वीर गणेशमान लगायतका सयभन्दा बढी फिल्ममा काम गरेका श्रेष्ठका परिवारमा श्रीमती र छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण