‘मिस एन्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२३’ का लागि २४ प्रतियोगी छनौट
काठमाडौँ । नेपालमा आयोजना हुने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ‘मिस एन्ड मिस्टर सुप्रन्यासनल नेपाल’ प्रतियोगिताको आगामी संस्करण अर्थात ‘मिस एन्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२३’ का लागि १२ युवा र १२ युवती गरेर २४ प्रतियोगी छानिएका छन् । पोखरा, धनगढी, इटहरी, काठमाडौँ लगायत देशको विभिन्न स्थानमा भएको प्रारम्भिक अडिसनमा सहभागी २ सय बढी सहभागीबाट ४० प्रतियोगी छानिएका थिए । ती मध्यबाट फाइनलका लागि २४ प्रतियोगी छानिएका हुन् ।
छानिएका प्रतियोगितामा विदेश बस्ने, एनआरएन, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भएका र विभिन्न सौन्दर्य प्रतियोगिता विजेता समेत छन् ।
१८ वर्षदेखि ३२ वर्षसम्मका युवती र १९ देखि ३४ वर्षसम्मका युवाको सहभागिता रहेको अडिसनको छनौट चरणमा डा. सन्तोष उपाध्याय, प्रशान्त ताम्राकार, प्रिया सिग्देल, सनिसा श्रेष्ठ, डा.केशु खड्का, पुष्कर ओझा, डा. प्रमोद जोशी, सुनिल थपलिया, उज्ज्वल जोशी लगायत निर्णायक रहेका थिए ।
सनुर्वि इन्टरनेसनलको आयोजना रहेको प्रतियोगितामा ट्यालेन्ट, स्वीमर, टप मोडल, फिटनेश, सोसल कोर्ष, सास सेरोमनी लगायतका राउण्ड समेत आयोजना हुनेछ । ट्यालेन्ट, स्वीमर, टप मोडल राउण्डमा दर्शकले समेत सहभागिता जनाउन पाउनेछन् ।
प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा अन्तर्राष्ट्रिय गेष्टहरुको पनि सहभागी रहनेछ । गत वर्षको प्रतियोगितामा ‘मिस्टर सुपरनेसनल २०२१’ भरो भार्गाेस, ‘मिस सुपरनेसनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आएका थिए । यो वर्ष पनि विभिन्न अन्तर्राष्ट्रिय गेस्टको सहभागिता रहने आयोजकले जनाएको छ ।
फाइनल प्रतिस्पर्धीले २५ दिनको विभिन्न ट्रेनिङ समेत लिनेछन् । जसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकद्धार पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकास लगायत विभिन्न प्रशिक्षण प्रदान गरिनेछ । प्रतियोगितामा २ पुरुष र २ महिला गरेर ४ विजेता छानिनेछ । जस मध्य पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मि ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।
विभिन्न आधा दर्जन विद्यामा सवटाइटल विजेता पनि छानिने प्रतियोगिता नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता भन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुनेछ । युवायुवतीको प्रतिभा निखार्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उदेस्यले प्रतियोगिताको आयोजना थलिएको आयोजक सनुर्वि इन्टरनेसनल सन्तोष उपाध्यायले बताए ।
प्रतियोगिताको अन्तिमस्पर्धा १५ मेमा एक समारोहकाबीच आयोजना हुनेछ । जसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण