यी व्यक्ति जसले चिया बेचेर कमाउँछन् मासिक २० लाख
एजेन्सी–२०१४ मा भारतीय लोकसभा चुनावमा ‘चायवाला’ शब्दले निकै चर्चा पाएको थियो । जव मानिसलाई थाहा भयो कि नरेन्द्र मोदीले शुरुवाती दिनमा रेलवे स्टेशनमा चिया बेच्थे । विस्तारै–विस्तारै आफ्नो मिहिनेतले उनी प्रधानमन्त्रीसम्म पुगे ।
अहिले भारतको महाराष्ट्रमा यस्तै ‘चायवाला’ चर्चामा छन् ।
चर्चामा यसकारण कि, नवनाथ येव नाम गरेका यी व्यक्ति चिया बेचेर महिनाको २० लाख कमाउँछन् ।
नवनाथले बुवाको सपना पुरा गर्न ‘येवले अमृततुल्य’ चिया पसल शुरु गरेका थिए । उनी आफ्नो चियालाई अन्तराष्ट्रिय पहिचान दिन चाहन्छन् ।
पुणेमा रहेको ‘येवले टी हाउस’ स्टल यहाँका जनताबीच निकै चर्चित छ । यहाँ १० रुपैयाँमा एकै खाले चियाँ पाउछ ।
मालिक नवनाथका अनुसार, उनको पसल पुणेको सवैभन्दा भीडभाडवाला इलाका मानिने ‘शुक्रवार पेठ’ मा छ । यो चिया पसल १८ देखि २० घण्टासम्म खुल्छ । यहाँ दैनिक ६० हजारजतिको चिया विक्छ ।
नवनाथ येवले भन्छन्, ‘हामीले बर्ष २०११ मा यो काम शुरु गरेका थियौँ । चार बर्ष अनुसन्धान गरेपछि हामीले चियाको एक क्वालीटि तय गरेका थियौँ । एक सेन्टरमा एकै दिन तीन देखि चार हजार कप चिया विक्री हुन्छ । हामी १०० जति स्टल खोलेर यो चियालाई अन्तराष्ट्रिय ब्रान्ड दिन चाहन्छौँ । हामीले चिया बेचेर धेरै भन्दा धेरैलाई रोजगार दिन चाहन्छौँ । म खुसी छु, हाम्रो काम लगातार बढिरहेको छ ।

नवनाथ आफ्नो कामबाट उत्साही छन् । आफ्नो चियालाई अन्ताष्ट्रिस्तरमा चिनाउन चाहन्छन् ।
अहिले तीन ठाँउ स्टल छन् । यहाँ १२ जनाले रोजगारी पाएका छन् ।
यो चिया पसल अरुका लाथि प्रेरणा बनेको छ, जो आफ्नो पेशा शुरु गरेर त्यसलाई कमाईको माध्यम बनाउन चाहन्छन् ।
सन १९८३ मा नवनाथका बुवाल चिया पसल खोलेका थिए ।
पछि नवनाथले पनि चिया पसललाई नयाँ तरिकाले अगाडि बढाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा मित्र राष्ट्रलाई छैन निम्तो
-
पाथीभरा विवादबारे छानबिन समिति गठन
-
आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
-
‘सूचनामा नाकाबन्दी लगाउने काम लोकतान्त्रिक सरकारलाई सुहाउँदैन’
-
प्रधानाध्यापक र वडा अध्यक्षबिचको द्वन्द्वले विद्यार्थीको दिवा खाजा बन्द
-
चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण