‘एसईई प्रिन्सेज २०२३’ को अडिसनबाट १६ जना प्रतियोगी छानिए
काठमाडौँ । एसईई प्रिन्सेज २०२३ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । सिजन मिडियाले विगत १४ वर्ष देखि आयोजना गर्दै आएको उक्त प्रतियोगिताको यो १० औँ संस्करण रहेको छ । पहिलो छनौट चरणबाट १६ जना प्रतियोगीहरू छनौट भएका छन् ।
यस प्रतियोगितामा सहभागी छात्राहरुले उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने, क्षमता उजागर गर्ने , नेतृत्वदायी क्षमताको विकासलाई सहयोग पुग्ने, उच्च शिक्षा अध्ययनमा सहयोगीको मुख्य भूमिका खेल्ने साथै फुर्सदको समयलाई मनोरञ्जनको मार्फत ज्ञान तथा सिप हासिल गर्न सहयोग पु¥याउने आयोजकको विश्वास छ ।
उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरूलाई २०८० साल वैशाख ११ गत्तेबाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , र्याम्प सो , शारीरिक फिटनेस ,फोटो सेसन, कलेज भ्रमण, टेबल म्यानर, फोटोग्राफी शिक्षा, फुटसल प्रतियोगिता, सोसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू, व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ ।
स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् ।
यस कार्यक्रमको लागि ब्रान्ड प्रायोजकमा नामी कलेज,मुख्य प्रायोजकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज रहेको छ भने प्रायोजकमा साउथ वेस्टन स्टेट कलेज ,रेडन कलेज, व्रिटिस कलेज आदिको सहयोग रहेको छ ।
आगामी जेष्ठ दोस्रो साता उत्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले “एसईइ प्रिन्सेज २०२३ ) को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख बराबरको छात्रवृत्ति लगायत अन्य गिफ्ट ह्याम्पर पाउने जनाइएको छ । त्यस्तै फस्ट रनर अप र सेकेन्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा ५० हजार बराबरको छात्रवृत्ति साथै विभिन्न उपहारहरू पाउनेछन् र त्यसैगरि सहभागी प्रतियोगीहरूलाई पनि छात्रावृतिको लागि सहयोगी कलेजहरूमा सहजीकरण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण