शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार, १० वैशाख २०८०, ११ : ०८
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । आज साताको पहिलो कारोबार दिन तोलामा तोलामा ९०० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप