फिल्म ‘नाङ्गो गाउँ’ भदौ २९ मा रिलिज हुने
काठमाडौंँ । दयाहाङ राई र मिरुना मगरको अभिनय रहेको फिल्म ‘नाङ्गो गाउँ’ भदौ २९ मा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले फिल्मलाई महान् पर्व हरितालिका तीजको अवसर पारेर रिलिज गर्न लागेका हुन् । फिल्मका निर्माता हिमाल शर्माले फिलमको रिलिज मितिको बारेमा जानकारी दिए । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका रहेको छ । हिमाल शर्माको प्रस्तुति रहेको फिल्मका निर्माता जय श्रेष्ठ हुन् ।
फिल्म ‘कबड्डी ४ र जारी’ चलेपछि दया र मिरुनाको जोडीको चर्चा पनि ह्वात्तै बढेको छ । यसैले, यो फिल्मप्रति दर्शकको चासो छ । निर्देशक दीपेन्द्र लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको बताए । फिल्मले सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण