स्टक एक्सचेन्ज तीन र कमोडिटी एक्सचेन्ज चारका लागि निवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आह्वान गरेको नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि सातओटा आवेदन परेको छ । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले दिएको जानकारीअनुसार स्टक एक्सचेन्जका लागि तीन र कमोडिटी एक्सचेन्जका लागि चार कम्पनीले आवेदन दिएका छन् ।
आवेदन दिने म्याद आइतवारसम्म थियो । देवकोटाका अनुसार स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले आवेदन पेश गरेका छन्।
कमोडिटी एक्सचेन्जको लागि नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड र मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेडको आवेदन परेको देवकोटाले जानकारी दिए ।
धितोपत्र बजारलाई थप प्रतिस्पर्धी बनाउन भन्दै बोर्डले एक नयाँ स्टक एक्सचेन्ज, दुई कमोडिटी एक्सचेन्ज र रीतपूर्वक आवेदन दिने ब्रोकर कम्पनीलाई लाइसेन्स वितरण गर्न लागेको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण