शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राइजिङ स्टार विजेता बने कृपा र सोनु

सोमबार, ११ वैशाख २०८०, १० : ३५
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । ‘राइजिङ स्टार २०२३’ को उपाधि इपिएस स्कुल, मीन भवनमा कक्षा ५ की कृपा गौतम र नेशनल एकेडेमी शंखमुल कक्षा ७ की सोनु महतारा विजयी भएकी छन् । गौतम जुनियर र  महतारा सिनियर क्याटगोरीतर्फ विजेता बनेका हुन् । क्रियटिभ वल्र्ड नेपालको आयोजनामा राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगिताका दुबै विजेताले जनही नगद रु.५० हजार, क्राउन र विभिन्न उपहारहरु प्राप्त गरे ।

प्रतियोगीतामा फस्ट रनरअपको जुनियर तर्फ आकृति खापुङ र सिनियर तर्फ सृजा शाह चुनिदा सेकेन्ड रनरअप जुनियर तर्फ आलियाना अलि र सिनियर तर्फ एरिका अधिकारी भए । प्याब्सन काठमाडौंको सहकार्यमा सम्पन्न प्रतियोगितामा कक्षा २ देखि ९ सम्मका छात्र छात्राको सहभागिता रहेको थियो ।

कार्यक्रमको निर्णायकको रुपमा प्याब्सन काठमाडौँका उपाध्यक्ष रिता राई दाहाल, प्रभु बैंकका चिफ म्यानेजर मन्जयराज पाण्डे, राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बानियाँ, अशोक मुकारुङ, मिस मंगोल २०२२ की बिजेता पासाङ डोल्मा शेर्पा, डान्सिङ स्टारका विजेता छिरिङ शेर्पा, राईजिङ स्टार सिजन ४ का बिजेता अस्मिता अधिकारी र सिजन ५ का बिजेता प्रशुन बडाल गायत प्रतियोगिताका निर्णायिक रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप