‘छक्का पन्जा ४’ ले बाँड्यो ५१ औं दिनको खुसी
काठमाडौँ । फिल्म ‘छक्का पन्जा ४’ ले प्रदर्शनको ५१ औं दिन मनाएको खुसी सबैमाझ साटेको छ । आइतबार साँझ राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ५१ औं दिनको खुसी साटेको हो । फिल्मका कलाकार, प्राविधिक, प्रदर्शन र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको कार्यक्रममा निर्माण युनिटले फिल्मका प्राविधिकदेखि कलाकारसम्म, सहयोगी र ५१ औं दिन मनाउन सफल १६ वटै हललाई सम्मान गरेको छ ।

कार्यक्रममा फिल्मकी निर्माता तथा कलाकार दीपाश्री निरौलाले फिल्मले ५१ औं दिन मनाउन सफल आफ्नो मात्र प्रयासनले नभएको बताइन् । उनले सबैको सहयोगबाट फिल्म सफल भएको बताउदै दर्शकलाई विषेश धन्यवाद दिइन् । त्यस्तै कलाकार दीपकराज गिरीले निर्माण युनिट, प्रदर्शक, पत्रकार र दर्शकको साथले फिल्मले सफलता हात पार्न सफल भएको बताए । उनले ‘छक्का पन्जा ४’ मा दर्शकले औल्याएको कमिकमजोरी आगामी फिल्ममा सुधार गर्ने बताए । उनले दर्शकको मायाले दायित्व थपिएको बताए ।
फिल्म ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका ६ हलमा शनिबारबाट एकसाथ एकाउन्न दिन पार गरेको हो । राजनीति विषयवस्तुमा निर्माण भएको फिल्ममा दीपकराज गिरी दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मका निर्देशक हेमराज बिसी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण