कर्णाली प्रदेशमा नयाँ सहकारी नीति आवश्यक छः मन्त्री केसी
सुर्खेत– कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले नयाँ सहकारी नीतिको आवश्यकता औँल्याएकी छन् । आज रुकुमको सानोभेरी गाउँपालिकामा रहेका सहकारी संस्थाको अनुगमन गर्ने क्रममा मन्त्री केसीले सहकारीको माध्यमबाट युवालाई रोजगारी दिन कर्णाली प्रदेशमा नयाँ सहकारी नीति आवश्यक रहेकाले यसको तयारीमा प्रदेश सरकार लागिपरेको जानकारी दिइन् ।
“प्रदेश सरकारले नयाँ सहकारी नीति बनाउन तयारी गरिरहेको छ, नयाँ नीति बनेपछि पहुँचका आधारमा आफ्नो सहकारीलाई कार्यक्रम पार्ने सिस्टमको अन्त्य हुनेछ,” मन्त्री केसीले भनिन् ।
कर्णाली प्रदेशमा सहकारीले पहुँचका आधारमा नभई योग्यता, क्षमता र कामको मूल्याँकनका आधारमा योजना तथा कार्यक्रम पाउने उनले बताइन् । सहकारीले राज्यबाट ल्याएको रकमलाई सही तरिकाले सदुपयोग गरे गाउँमै युवाले रोजगारी पाउने उनको भनाइ छ । अहिलेका सहकारी वित्तीयमुखी भएकाले उत्पादनमुखी बनाउन उत्पादनसँग जोडेर सहकारीको विकास गर्नुपर्ने उनको धारणा थियो ।
तरकारी ढुवानीका लागि गाडी माग
रुकुम पश्चिमका सहकारी संस्थाले मन्त्री केसीसँग तरकारी ढुवानीका लागि गाडीको व्यवस्था गरी दिन माग गरेका छन् । रुकुम पश्चिम सानोभेरी गाउँपालिका गरायलाका कृषकले आफ्नो बारीमा उत्पादन गरेका तरकारीले बजार नपाएको भन्दै बजारीकरणको व्यवस्था गरिदिन माग गरेका हुन् ।
सानोभेरी गाउँपालिका–३ गरायलामा आज भएको कार्यक्रममा सानोभेरी जनप्रवाह कृषि सहकारी संस्थाका सदस्यले बारीमा उत्पादित ताजा तरकारीलाई सहज रुपमा बजार पु¥याउन यातायातको समस्या भएकाले गाडीको व्यवस्था गरिदिन आग्रह गरेको सहकारी संस्थाका अध्यक्ष जगदीश नकालले बताए ।
संस्थाको वार्षिक कारोबार रु एक करोड २५ लाख रहेको छ । सानोभेरी गाउँपालिकाभरि कार्यक्षेत्र भएको सहकारी संस्थामा ३५ वटा समूह आबद्ध छन् भने ६०३ जना शेयर सदस्य रहेका छन् ।
यसको प्रत्युत्तरमा कर्णालीलाई ‘अर्गानिक’ प्रदेश बनाउन आधार तयार गर्ने अभियानमा सहयोग गर्न किसानलाई मन्त्री केसीले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण