शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई

बुधबार, १३ वैशाख २०८०, ०७ : १९
बुधबार, १३ वैशाख २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ वाट विजयी उपेन्द्र यादवलाई बधाई दिएका छन् । गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा–२ वाट विजयी जसपा अध्यक्ष यादवलाई राउतले बधाई दिएका हुन् । 

‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालबाट बधाई दिँदै भने, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु  हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’ 

बारा–२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले विजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप