वसन्तपुरमा नाटक ‘भुमरी’
काठमाडौंँ । लागुपदार्थ र मादक पदार्थको कुलतबाट कसरी मुक्ति पाउने भन्ने सन्देशमुलक सडक नाटक ‘भुमरी’ प्रदर्शन गरिएको छ । मंगलबार वसन्तपुर क्षेत्रमा प्रदर्शन गरिएको नाटकको लेखक तथा निर्देशक घनश्याम गौतम हुन् । निर्देशक गौतमसहित दिवाकर घिमिरे, सरिता राजोपाध्याय, युगज्योति क्रियाशिल, आईपी आचार्य, टिकाराम आचार्य, सुरज खड्का, द्रोणप्रसाद आचार्य अर्जुन कट्वाल लगायतको नाटकमा अभिनय रहेको थियो ।
उद्दार नेपालको आयोजना तथा कारितास नेपालको सहकार्य रहेको नाटकले बिषेश गरेर विद्यार्थी कुलतमा कसरी फस्छन् र कुलतमा फसेपछि कसरी उद्धार गर्ने भन्ने बिषय फोकस गरेको थियो । कुलतबाट बालबालिका बचाउन घर र समाजको भूमिका कस्तो हुनुपर्छ भनेर समेत नाटकले देखाएको छ । दिवाकर घिमिरे मुख्य सहायक निर्देशक, टिकाराम आचार्यको संगीत संयोजन र आईपी आचार्यको सामाग्री ब्यवस्थापन रहेको भेषभुषा तथा श्रृंगारमा युगज्योति क्रियाशील र सरिता राजोपाध्यायले हेरेका थिए । नाटक ५ सय बढी दर्शकले हेरेको आयोजकले जनाएको छ । उपस्थित दर्शकमध्ये धेरैले नाटक देशभरि नै प्रदर्शन गर्दा राम्रो हुने सुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण